Sajhamanch Archive

सबैभन्दा जेठी मोडल, जसले ९३ वर्षको उमेरमा मोडलिङ सुरु गरेकी थिइन्

Published: in टिप्स/जानकारी, विश्व समाचार by .

एजेन्सी । लिस प्यान्ग एसियाकै सबैभन्दा जेठी मोडल बनेकी छिन् । बुधबार ९६ वर्षकी एलिसलाई मोडलिङ क्षेत्रकै जेठी मोडलको उपनाम दिइएको हो ।

उनीभन्दा पहिले जापानकी ८४ वर्षिय नाओन्डा कुडो र चीनकी ८४ वर्षिय वान्ग डेशनलाई सबैभन्दा जेठी मोडलको रुपमा लिइन्थ्यो ।

फेशनेबल कपडा लगाउन शौखिन एलिसले अहिलेसम्म मोडलिङको दुनियाँमा कदम राख्नेबारे नसोचेको बताउँछिन् । उनले यसको श्रेय आफ्नी नातिनीलाई दिएकी छिन् । उनकी नातिनीले ६५ वर्षकी मोडल देखेपछि उनलाई मोडलिङ गर्न अभिप्रेरित गरेकी थिइन् ।

उनले भनिन्, ‘मोडलिङ मेरो लागि कुनै चुनौतीभन्दा कम थिएन । तर मैलै जीवनमा हरेक चुनौतीको सामना गरेकी छु । त्यसैले मैले मोडलिङ गरेरै छोड्ने अठोट लिएकी थिएँ । मलाई केहि थाहा थिएन तर मलाई मेरो म्यानेजरले धेरै कुरा सिकायो ।

मेरो मेकअप आर्टिस्ट र हेयर ड्रेसरको मेहेनतपछि मोडलिङमा झनै रुचि बढ्दै गयो । अब त यो फिल्डमा लागेको तीन वर्ष भयो ।’उनी आफ्नो शरीर प्राकृतिक रुपमा नै फिट भएको दावी गर्छिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *