Sajhamanch Archive

दयानन्द गोश्वामीको पल्लवीको सार्वजनिक

Published: (Updated: ) in टिप्स/जानकारी, शिक्षा by .

राजगढ । साहित्यकार तथा राजनीतिकर्मी दयानन्द गोश्वामीद्वारा लिखित पल्लवी कविता संग्रह र पल्लवी गीत÷गजल एल्वमको सोमबार राजगढमा आयोजित एक समारोहका बी विमोचन गरिएको छ ।

पल्लवी कविता संग्रहको विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले साहित्यले जनतामा निराशाभन्दा उत्साह जगाउनुपर्ने विचार गरे ।

गरीवी, दुःख र पीडाका निराशाजनक कथाहरुको सिर्जनाले मात्र नागरिकमा उत्साह र कर्तब्यबोध जगाउन नसक्ने बताउँदै उनले साहित्यले नवीनतम सोच र नयाँ ऊर्जा दिन सक्नुपर्ने धारणा राखेका थिए।

कार्यक्रमका विशेष अतिथि लोकराज ढकालले पल्लवी गीत÷गजल एल्वमको विमोचन गर्दै लेखक दयानन्द गोश्वामी बहुआयामिक ब्यक्तित्व भएको चर्चा गरे ।

धेरैजसो साहित्यिक कार्यक्रमहरु शहरकेन्द्रित हुने गरेको बताउँदै उनले गाउँमै कृति विमोचन गराई गोश्वामीले गाउँलाई महत्व दिएको बताए ।

उनका गिती एल्वम्मा पाँचवटा गीत÷गजल समेटिएका छन् भने कविता संग्रहमा ७५ बढी कविता समेटिएका छन् । कार्यक्रममा झापा कोच आइडल राम राजवंशीले गोश्वामीको एल्वम्बाट म घुट्की घुट्की पिएर गिलास रित्याइदिन्छु बोलको गीत गाएका थिए ।

साहित्यकार विष्णुकुमार भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा राजपा झापाका अध्यक्ष सूर्यनारायण गणेश, पूर्व सभाषद हरिवहादुर राजवंशी, साहित्यकार केशव आचार्य, पूर्व प्राज्ञ सदस्य पवन राजवंशी लगायतले शुभकामना मन्तब्य राखेको थिए । रामप्रसाद दुलालले स्वागत मन्तब्य गर्नुभएका कार्यक्रमको सञ्चालन ओमप्रकाश गौतमको रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *