नेपाली कांग्रेसको जागरण अभियानका क्रममा दूधेमा विरोध सभा
Published:
by .शिवसताक्षी । नेपाली कांग्रेसले सञ्चालन गरेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा शिवसताक्षीमा जागरण सभा गरेको छ । नेपाली कांग्रेस क्षेत्रीय समितिको आयोजना शिवसताक्षीको दूधेमा मंगलबार जागरण सभा तथा विरोध कार्यक्रम गरेको हो ।
सभामा सरकारले एनसेलबाट कर उठाउन नसकेको, भ्रष्टचार बढेको भन्दै सरकारको चर्को आलोचना गरिएको छ । दुई तिहाईको सरकार अधिनायकबाद तर्फ लागेको, स्थानीय तह कमिसनमा चुर्लुम्ब डुवी जनताका आय स्तर उकास्ने कुनै पनि योजना नल्याएको सभाका बक्तारुकोे भनाई थियो ।
चुनाव ताका कम्युनिष्ट पार्टी जनताका माझ गरेका बाँचा विर्सिएर एलौटी ढंगबाट चलेको नेपाली कांग्रेस शिवसताक्षी नगर संयोजक पर्शुराम ढुंगानाले बताए । उनले भने सरकारले अहिले सम्म कुनै पनि जनताको मन जित्ने काम गरेको छैन । स्थानीय सरकारले अपेक्षा गरे अनुसार काम गर्न नसकेको उनको भनाई छ । नेपाली कांग्रेस अब चुपलागेर नबस्ने सरकार लौटी ढंगबाट अघि बढे कडा रुपमा प्रस्तुत हुने उनले चेतावनी दिए । स्थानीयतह कम्युनिष्ट पार्टीले भर्तीकेन्द्र बनाएको, ठूला योजनामा डिपिआरका क्रममा कमिसनमा लागेको उनले आरोप लगाए । कार्यक्रमका अधिकांश बक्ताहरुले सरकारको चर्को आलोचना गरेका थिए ।
त्यसैबीच नेपाली कांग्रेसले सरकारको काम कारवाहीको विरोध गर्दै र्यालीले दूधे बजार परिक्रममा गरेको थियो । कार्यक्रममा केन्द्रिय, क्षेत्रीय, स्थानीय स्तरका नेता तथा कार्यकर्ताको बाल्लो उपस्थिति थियो ।
Comments