Sajhamanch Archive

बिर्तामोडमा ‘पिज्जा घर’

Published: in अर्थतन्त्र by .

बिर्तामोड । पिज्जा पारखीहरुले अब बिर्तामोडमा नै अन्तर्राष्ट्रिय स्वाद र गुणस्तरीय पिज्जा खान पाउने भएका छन् ।

बिर्तामोडमा ‘पिज्जा घर’ सञ्चालनमा ल्याइएपछि स्वादिष्ट, स्वास्थ्यवद्र्धक पिज्जा खान अन्यत्र जानै नपर्ने सञ्चालक याम ढुंगानाले बताए ।

‘विदेशी भूमिका श्रम गर्नुभन्दा स्वदेशमै केही गरौँ भन्ने उद्देश्यले पिज्जा घर सञ्चालनमा ल्याएका हौँ’, ढुंगानाले भने, ‘आफ्नै ब्राण्डको पिज्जा बेच्ने यो मोफसल मै पहिलो हो ।’

दुई जनाको साझेदारीमा ६० लाख रुपैयाँको लागतमा फिज्जा घर सञ्चालनमा आएको हो ।

छ वर्ष कुवेतमा ‘डोमिनोल्स’ कम्पनीमा काम गरेर फर्किएका अर्का सञ्चालक याम खरेलले भने, ‘म विदेशमा पिज्जा कम्पनीमै काम गरेर फर्केको हुँ, नेपालमा पनि पिज्जा मन पराउने मानिस थुप्रै छन् तर यहाँ अन्तर्राष्ट्रिय ब्राण्डको पिज्जा बिक्री हुन्छ, हामी आफ्नै ब्राण्ड बनाएर अघि बढिरहेका छौँ ।’

नेपाली समाजमा पिज्जालाई महङ्गो खाजाको रुपमा हेरिएको खरेलले बताए । ‘पिज्जा पूर्ण आहार हो’, खरेलले भने, ‘अमेरिका, युरोप लगायतका मुलुकमा यसलाई खानाको रुपमा लिइन्छ ।’ कम मुनाफामा गुणस्तरीय पिज्जा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको उनले सुनाए ।

पिज्जा घरमा १४ प्रकारका भेज–ननभेज पिज्जा, सात प्रकारका बर्गर, नौ प्रकारका सेण्डबीच पाइने बताइएको छ । बिर्तामोड आसपास क्षेत्रमा निःशुल्क होम डेलिभरी गरिने र सुरुङ्गादेखि काँकरभिट्टासम्म दूरीअनुसार न्यूनतम् सेवा शुल्क लिएर डेलिभरी गरिने सञ्चालक खरेलले बताए ।

त्यस्तै, हरेक शुक्रबार एउटा पिज्जा खरीद गर्ने ग्राहकलाई एउटा सित्तैमा दिइने बताइएको छ । पिज्जा घरमा नौ जनाले रोजगारी समेत पाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *