Sajhamanch Archive

विप्लव समूहका बागलुङ सेक्रेटरी पक्राउ

Published: in राजनीति, राष्ट्रिय समाचार by .

 बागलुङ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बागलुङका जिल्ला सेक्रेटरी रामबहादुर कुँवर ‘नवीन’ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी चौकी खर्वाङको संयुक्त गस्ती टोलीले कुँवरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

कुँवरलाई मंगलवार दिउँसो बडीगाड गाउँपालिका वडा नं.५ रेमीस्थित आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *