Sajhamanch Archive

रहेनन् तेलेगु सिनेमाका यी चर्चित हास्य अभिनेता

Published: in टिप्स/जानकारी, विश्व समाचार by .

दक्षिण भारतीय तेलेगु सिनेमाका चर्चित हास्य कलाकार वेणु माधवको निधन भएको छ।

३९ वर्षीय माधवको उपचारका क्रममा हैदराबादको यशोदा अस्पतालमा बुधबार अपरान्ह निधन भएको हो। उनलाई मृगौलासम्बन्धी समस्या थियो।

मंगलबार उनको स्वास्थ्य अवस्था खराब भएपछि अस्पताल भर्ना गरिएको थियो। करिब दुई साता अस्पतालमा राखेर उपचार गरेपछि माधवलाई आइतबारमात्र घर लगिएको थियो।

घर लगिएका माधवको स्वस्थ्य बिग्रिएपछि उनलाई परिवारले पुनः मंगलबार अस्पताल ल्याएको थियो। (एजेन्सी )

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *