Sajhamanch Archive

सलमानलाई आयो ज्यान मार्ने धम्की

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, विविधा by .

बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ। उनलाई सामाजिक संजालमार्फत ज्यान मार्ने धम्की दिइएको हो।

सलमानलाई स्टुडेन्ट अर्गनाइजेसन अफ पंजाब युनिभर्सिटी(सोपू) नामको समूहबाट धम्की दिइएको हो। सो धम्की सुटर नामको आईडीबाट दिइएको छ।

धम्कीको स्क्रिनसट सामाजिक संजालमा उपलब्ध छ। पोस्टमा सलमानको तस्विर राखेर नै धम्की दिइएको छ।

सलमान तँ भारतको कानुनबाट बच्न सक्छस् तर बिश्नोई समाज र सोपी पार्टीको कानुनले तलाईं मृत्युको सजाय सुनाइसकेको छ। सोपू अदालतमा तँ दोषी छस्, सार्वजनिक पोस्टमा धम्की दिदैं भनिएको छ।

२७ सेप्टेम्बरमा सलमान कालो हरिण शिकार मामिलामा जोधपुर अदालतमा पेस हुँदैछन्। अदालतले यस पेसीमा सलमान उपस्थित नभए उनको जमानत खारेज गर्ने बताएको छ।

सलमानलाई यसअघि पनि ज्यान मार्ने धम्की दिइएको थियो। सन् २०१८ मा ग्याङ्स्टर लरेन्स बिश्नोईले खुलारूपमा ज्यान मार्ने धम्की दिएका थिए। ततःपश्चात सलमानको सुरक्षा कडा पारिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *