सम्बृद्धि बहुउद्देश्यीय सहकारीको साधारणसभा, व्यवस्थापकसहित पाँच जना सम्मानित
Published: (Updated: )
by .बिर्तामोड । बिर्तामोड ३ स्थित सबैको सम्बृद्धि बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो शेयर पुंजी ५० लाख रुपैयाँ पु¥याएको छ ।
चार बर्षअघि स्थापना भएको संस्थाले बिभिन्न आरोह अबरोहका बावजुद आफूलाई सफलतातर्फ उन्मुख गराएको हो । संस्थाको तेस्रो बार्षिक साधारणसभामा कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष बोधराज दाहालले यस बर्ष कुल शेयर पुंजी ५० लाख ७० हजार १ सय रुपैयाँ पुगेको बताए ।
उनले कुल निक्षेप पुँजी ४२ लाख ७८ हजार ५ सय ९८ रुपैयाँ पुगेको जानकारी दिए । संस्थामा हाल ७ सय १० जना सदस्य आबद्ध रहेका छन् । दाहालले कृषि क्षेत्रमा लगानी गर्ने, सदस्यहरुको विमा ब्यबस्थापन गर्ने, आयमूलक क्षेत्रमा लगानी गर्ने जस्ता भावी कार्यक्रमहरुका बारेमा समेत जानकारी दिए । साधारणसभाको प्रदेशसभा सदस्य झलकसिंह दर्लामीले उद्घाटन गरेका हुन् ।
उनले सहकारीहरुलाई ब्यवस्थित पार्न प्रदेश सरकारले समेत मापदण्ड सहितको ऐन ल्याउन लागेको जानकारी दिए । संस्थाका अध्यक्ष दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौला, बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक शाखाका प्रमुख डिल्ली दाहाल, जनमैत्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्योतीसिंह दर्लामी,जनशक्ति कृषि सहकारी संस्थाका अध्यक्ष हिमालय प्रकाश कन्दङवा, पत्रकार इन्द्रसिंह राजवंशी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
संस्थाले साधारणसभामा उत्कृष्ट बचतकर्ता उमेशकुमार दास, उत्कृष्ट ऋणी सुवेदा खातुन, उत्कृष्ट बाल बचतकर्ता अप्सन खड्का, उत्कृष्ट अबधि बचतकर्ता भरतकुमार पाठक र उत्कृष्ट ब्यवस्थापक पुण्यप्रसाद प्रसाईलाई सम्मान गरेको थियो । संस्थाकी सहसचिव पुष्पा उप्रेतीले स्वागत गरेकी कार्यक्रमकोे संचालन उपाध्यक्ष खड्गबहादुर तिम्सिनाले गरेका थिए ।
Comments