बिहान उठेर ऐना हेर्ने गर्दा बिग्रिन सक्छ दिन !
Published:
by .विराटनगर । बिहानै उठेर ऐना हेर्ने बानी गर्नु हुँदैन । बिहानै उठ्ने बित्तिकै ऐना हेर्ने गर्दा दिन अशुभ तथा नराम्रो हुन सक्छ । वास्तुशास्त्रका अनुसार पारिवारिक अशान्ति, काममा बाधा हुनुको कारण भनेकै गलत तरिकाले दिनको सुरुवात गर्नु हो । धेरैजसो मानिसहरू बिहान जुरुक्क उठ्नेबित्तिकै ऐना हेर्ने, वा खाटको छेउमा ऐना हुने हुँदा उठ्ने बितिक्कै ऐना देखिन्छ र हेर्ने गरिन्छ ।
तर, यसरी दैनिक उठ्ने वित्तिकै ऐना हेर्नु राम्रो हो वा होइन भन्ने कुरा धेरैलाई यसबारे जानकारी हुने गर्दैन । ऐना हेर्ने बानीले स्वास्थ्यमा समेत हानी गर्न सक्छ । पहिलेका जमानामा बुढापाकाहरूले जीवनका बारेमा भनेका कतिपय कुराहरूलाई आजकल वैज्ञानिकहरूले विज्ञानसँग जोडिरहेका छन् । बुढापाकाले भनेका जीवनसम्बन्धी महत्वपूर्ण कुराहरूलाई धेरैजसोले वास्ता गर्ने गर्दैनन् । बिहानमा उठ्ने वित्तिकै ऐनामा आफ्नो अनुहार हेर्नुलाई निक्कै अशुभ मानिन्छ ।
वास्तुशास्त्रले पनि बिहान उठ्नासाथ ऐना हेर्नुलाई राम्रो मानेको छैन । बिहान उठ्नेबित्तिकै मानिस अल्छी र बेरूप हुने गर्छ । र, उठ्ने बितिक्कै मानिसको अनुहारमा आलस्य झल्किरहेको हुन्छ । जब हामी ऐनामा आफ्नो प्रतिबिम्ब देख्छौं, मनमा सकारात्मक भाव जाग्दैन । बिहान उठ्नेवित्तिकै ऐनामा आफ्नो अल्छीलाग्दो अनुहार हेर्दा त्यो आलस्यको मुद्राले दिनभरीको काम तथा मनमस्तिष्कमा नकारात्मक प्रभाव पर्ने गर्छ ।
हरेक दिन सकारात्मक सोचका साथ उठ्ने गर्नु पर्छ र उठ्नेबित्तिकै ऐना हेर्ने बानी बसाल्नु हुँदैन । बिहान उठ्नेबित्तिकै अन्य व्यक्तिको अनुहार हेर्नु पनि राम्रो मानिँदैन । उनीहरूको नकारात्मक उर्जा समेत हामीमा पर्न सक्छ । यसले पनि हाम्रो दैनिकीमा नकारात्मक प्रभाव पर्न जान्छ । बरु, उठ्नेबित्तिकै ऐना हेर्नुभन्दा पहिले आफ्नो हातको हत्केला हेर्ने गर्नु पर्छ ।
Comments