सोह्र श्राद्ध विसर्जन हुँदै
Published:
by .पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आज विसर्जन हुँदैछ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध आज आश्विन शुक्ल प्रतिपदाका दिन विसर्जन गर्ने चलन छ ।
सो अवधिभर सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गर्ने गरिन्छ । चाडपर्व यज्ञयज्ञादी तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा .रामचन्द्र गौतम बताउहुन्छ । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता समेत रहेको छ ।
यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रही आएको छ । यसैबीच दुई महिनाभन्दा बढी समय लागेको शुक्र अस्त पनि आज बिहानबाट सकिएको छ
Comments