Sajhamanch Archive

पूर्व नेपाल बहुद्देश्यीयद्वारा सहकारी अभियान्ता बानिया र सञ्चारकर्मी पोखरेल सम्मानित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी, by .

कमल । पूर्व नेपाल बहुद्देश्यीय सहकारी संस्थाले सहकारी अभियान्ता र संचारकर्मीसहित चार दर्जनभन्दा बढीलाई सम्मान गरेको छ । शनिबार संस्थाको १९ औंं वार्षिक साधारणसभाको अवसरमा लामो समय सहकारी क्षेत्रमा क्रियाशिल हरिचरण बानिया र संचारकर्मी विष्णुप्रसाद पोखरेललाई सम्मान गरेको हो ।

लामो समय सहकारी अभियानमा कृयाशिल रहेको भन्दै बानियालाई र संचारमाध्यबाट सहकारीका गतिविधीलाई प्रकाशन र प्रसारण गरेको भन्दै गोरखापत्रका झापा संवाददाता तथा सवाल नेपालका सम्पादक विष्णु पोख्रेललाई सम्मान गरेको सहकारीले जनाएको छ । बानियालाई नगद ७ हजार र पोखरेललाई नगद ५ हजार सहित प्रदेश १ का सामाजिक विकास मन्त्री जिवनकुमार घिमिरेले सम्मान गरेका हुन् ।

सहकारीले ज्येष्ठ नागरिक हरीप्रसाद भट्टराई र मोहनप्रसाद पौडेल, उत्कृष्ट सेवाकेन्द्र, उत्कृष्ट बचतकर्ता उत्कृष्ट ऋणी, उत्कृष्ट वाल बचत समेतलाई सम्मान गरेको थियो ।

साधारणसभाको उद्घाटन पछि आफ्नो मन्तव्यका क्रममा कृषिमा यान्त्रिकरण नभए सम्म नयाँ पुस्ता कृषि पेशामा आकर्षण नहुने १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्रीले जिवनकुमार घिमिरेले बताए ।

अघिल्लो पुस्ता मात्र कृषि पेशामा आवद्ध छन् । हाल अधिकांश युवा विदेश गएका छन । यहाँ भएकाहरु पनि कृषि पेशाप्रति आकर्षित छैनन् । मन्त्री घिमिरेले भने, जसले गर्दा हाम्रो खेतवारी बाँझै छ । अव युवालाई यस पे्रशाप्रति आकर्षण गर्ने हो भने कृषिमा यान्त्रिकरण गर्नु आवश्यक छ । अनि मात्र युवाहरु कृषि पेशामा आकर्षण हुने मन्त्री घिमिरेको भनाई थियो । संस्थामा यसै वर्ष नयाँ कार्य समिति चयन हुने भएकाले निर्वाचन समितिले काम सुरु गरेको बताइएको छ ।

कार्यक्रममा सहकारी अभियान्ता हरीचरण बानिया, शिक्षकहित बचत तथा ऋण सहकारीका अध्यक्ष नारायणप्रसाद गौतम, मेची सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराई, ईन्द्रणी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रत्न थापा लगायतले साधारणसभा सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष सालिकराम पोख्रेलले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन छलफल पछी पारित गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष केदारनाथ ढुङ्गेलले स्वगत मन्तव्य राखेका थिए भने सदस्य प्रेम सापकोटाले कार्यक्रम सन्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *