Sajhamanch Archive

मनाङ जाँदै गरेको जीप लमजुङकाे पहिरोमा पुरियो, झ्यालबाट भागेर जोगिए यात्रु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

लमजुङ । लमजुङको मस्याङदी गाउँपालिका–४को स्याँगेमा पहिरो जाँदा मनाङ जाने सडक पूर्णरुपमा बन्द भएको छ ।

बेंसीशहर–चामे सडकअन्तर्गत स्याँगेको घुम्तीमा शनिबार बेलुका पहिरो गएपछि यातायात पूर्णरुपमा बन्द भएको । उक्त पहिरोमा परी काठमाडौंबाट बेंसीशहर हुँदै मनाङतर्फ जाँदै गरेको बा १६ च ५०६८ नम्बर स्करपियो जीप पुरिएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

पहिरोले सवारी साधनमा क्षति पुर्‍याए पनि यात्रु भने भाग्न सफल भएका छन् । जीपमा चालकसहित पाँच जना थिए । उनीहरु पहिरोबाट जोगिएको प्रहरीले जनाएको छ ।

सडक माथिबाट एक्कासी आएको ढुङ्गासहितको पहिरोले जीपको अगाडिको भागमा पुरिएपछि जीपमा रहेका यात्रुहरुको भागभाग मच्चिएको थियो । स्याँगेका दुई वटा बजारको बीचतिर पर्ने माथिल्लो घुम्तीमा पहिरो जाँदा सडक अवरुद्ध भएको स्थानीयले जानकारी दिएका छन् ।

पहिरोका कारण बेंसीशहरबाट मनाङ जाने र मनाङबाट बेंसीशहर आउने सवारीसाधन रोकिएका छन् । डिभिजन सडक कार्यालय दमौलीसँगको समन्वयमा सडक खुलाउने तयारी थालेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *