Sajhamanch Archive

९ जना एचआईभी संक्रमितको मृत्यु

Published: in विविधा, स्वास्थ्य by .

पर्वत। तीन महिनाको अन्तरालमा ९ जना एचआईभी संक्रमितको ज्यान गएको छ ।

भर्खरै सार्वजनिक गरिएको एक तथ्याङ्क अनुसार पर्वतमा रहेका एचआईभी संक्रमित एक सय आठ जना मध्ये ९ जना संक्रमितको ज्यान गएको हो । एचआईभी संक्रमितहरुको क्षेत्रमा काम गर्ने संस्था कम्युनिटी सपोर्ट गु्रुप नेपाल पर्वतले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अंग्रेजी महिनाको मार्चदेखि मेसम्म ९ जना एजआईभी संक्रमितको ज्यान गएको हो ।

एचआईभी संक्रमितहरु खुल्ने क्रम बढेसँगै मृत्यु हुनेको सङ्ख्या पनि बढेको हो । सेभ द चिल्ड्रेलको आर्थिक सहयोगमा ‘द ग्लोबल फण्ड एचआईभी’ कार्यक्रम सञ्चालन गरेको संस्थाले सन् २०१८ मार्चदेखि पर्वतमा एचआईभी संक्रमितको क्षेत्रमा काम गर्न सुरु गरेको हो ।

कामको सुरुवातसँगै पर्वतमा एक सय आठ एचआईभी संक्रमित भेटिएको र संक्रमितमध्ये सात जना पुरुष र दुईजना महिलासहित ९ जनाको मृत्यु भएको संस्थाका कार्यक्रम व्यवस्थापक प्रेम केसीले जानकारी दिनुभयो ।

सम्पर्कमा आएका संक्रमितमध्ये सात जना बालबालिका रहेका छन् भने ६ जना प्रवासी रहेका छन् । दुई नगरपालिका र ५ गाउँपालिकासहित सात स्थानीय तह रहेको पर्वतमा सबै स्थानीय तहमा एचआईभी संक्रमित व्यक्ति रहेका छन् । स्थानीय तह अनुसार कुश्मा नगरपालिकामा ३७, फलेवास नगरपालिकामा २०, जलजला गाउँपालिकामा १०, महासिला गाउँपालिकामा सात, मोदी गाउँपालिकामा १६, पैञ्यू गाउँपालिकामा दुई र बिहादी गाउँपालिकामा ३ जना एचआईभी संक्रमित रहेका छन् ।

संस्थाले सेवा सुरु गरेपछि एचआईभी प्रतिरोधात्मक औषधि एआरटी, भाइरल लोडलगायत ७३ जनाले निरन्तर सेवा लिएको संस्थाले जानकारी दिएको छ । सम्पर्कमा आएका संक्रमितहरुलाई पहिचान गरी संस्थाले दुई जनालाई आयआर्जनका लागि समेत सहयोग गरेको छ ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले एचआईभी संक्रमणले भयावह रुप लिइरहेको बताउँदै यसको संक्रमणलाई रोक्न सबैले आ–आफ्ना तर्फबाट आवश्यक पहल गर्न अनुरोध गर्नुभयो ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *