Sajhamanch Archive

बिर्तामोडमा रमाइलो मिनी मेला उद्घाटन

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । नयाँ सृष्टि सुधार केन्द्र बिर्तामोडले लागू औषध र दुव्र्यसनीमा फसेकालाई न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको रमाइलो मिनि मेला सोमबार उद्घाटन गरिएको छ।

बिर्तामोड वडा नं १ का वडा सदस्य प्रेम खरेलले रिवन काटेर उद्घाटन गरेको कार्यक्रममा केन्द्रका अध्यक्ष सागर पकुवालले मेला सन्चालन गर्नुका उद्देश्यका बारेमा प्रष्ट पारेका थिए ।

केन्द्रका अध्यक्ष पकुवालले वर्तमान समयमा लागू औषध प्रयोग गर्नेको संख्या घट्नुको सट्टा बढ्दै गइरहेको साथै दुव्र्यसनीलाई हाम्रो समाजले भेदभाव गर्ने गरेका सुनाउदै मेलाबाट उठेको रकमबाट आर्थिक अवस्था कमजोर भएर उपचार नपाएका विरामीहरुलाई सहयोग गर्ने उद्देश्यले मेला सञ्चालन गरेको बताए ।

मेला उद्घाटन समारोहमा प्रमुख अतिथी वडा सदस्य प्रेम खरेल, पारिजात टोल सुधार समितिका अध्यक्ष खेमनाथ न्यौपाने, पत्रकार प्रेम आचार्य ,विवेचना दैनिकका सम्पादक सुब्रत न्यौपाने,अतिथी सदन टोल सुधार समितिका अध्यक्ष देविप्रसाद खतिवडा लगायतले आ-आफ्ना धारणा राखेका थिए

वडादशैं, दिपावली र छठको अवसर पारेर आयोजना गरिएको मेला ९ दिन सम्मको स्वीकृत लिए सञ्चालन गरी पनि समय थप गरिने मेला आयोजकले जनाएको छ ।

उक्त मेलामा मनोरञ्जनात्मक खेल तथा साँस्कृतिक कार्यक्रम हुने आयोजक समितिले जानकारी दिएको छ । मेला उद्घाटन समारोहको सञ्चालन सुमन शर्माले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *