Sajhamanch Archive

बेलबारीमा सवारी दूर्घटनाः दुईजनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

बेलबारी । पूर्वपश्चिम राजमार्गको बेलबारी खण्डमा आज बिहान बस र मोटरपाइकल ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्वतर्फ आउँदै गरेको को १ ख ६४३५ नम्बरको बसले पश्चिम जाँदै गरेको को २७ प ४१६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार सुनसरी जिल्ला इटहरी नगरपालिका १ बस्ने ३८ वर्षीय खगेन्द्र तामाङले चलाएको मोटरसाइकललाई बसले ठक्कर दिएको प्रारम्भिक जानकारी आएको छ । उनीसँगै मोटरसाइकलमा सवारी गर्ने भोजपुर जिल्ला पौवादुम्मा ५ घर भई उर्लाबारी ३ मा बसोबास गर्दै आएका ३३ वर्षीय जयनारायण तामाङको पनि मृत्यु भएको छ ।

प्रहरीका अनुसार जयनारायणको घटनास्थलमै र चालक खगेन्द्रको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याउने बित्तिकै मृत्यु भएको हो ।

ठक्कर दिने बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *