Sajhamanch Archive

कमल गाउँपालिकामा सामुहिक रोपाइँ

Published: (Updated: ) in समाज by .

कमल । कमल गाउँपालिकाको आर्थिक सहयोगमा उद्यमशिल महिला जागरण केन्द्रले आज सामुहिक रुपमा धान रोपाइँ गरेको छ ।

चक्ला बन्दी भन्दा सामुहिक खेती प्रणालीलाई प्रोत्साहान गर्ने उद्देश्यले सामुहिक रुपमा धान खेती गरिएकोे उद्यमशिल महिला जागरण केन्द्रकी अध्यक्ष शाान्ता दाहालले बताइन । केन्द्रमा आवद्ध महिलाले सामुहिक रुपमा दश कट्ठा खेतमा धान रोपाइँ गरिएको कारितास नेपालका कृषि प्राविधिक टंक कट्टेलले जानकारी दिए ।

कमल गाउँपालिकामा ३५ प्रतिशत भन्दा बढी रोपाई सकिएको गाउँपालिकाका कृषि विकास शाखाका प्रमुख खिर बहादुर श्रेष्ठले बताए । झापा जिल्लामा १८ प्रतिशत मात्र रोपाई सकिएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्राविधिक धर्म कटुवालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *