पाँच एआइजीको संयुक्त राजीनामा
Published:
by .काठमाडौं । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारका निर्णय बदर हुने भएपछि सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआइजी)हरूले संयुक्त राजीनामा दिएका छन्।
निर्णय खारेज हुने सम्भावना बढेपछि बिहीबार सशस्त्रका फाजिल एआइजीहरू क्रमशस् जानकीराम भट्टराई, निराक्रमबिक्रम शाह, सुबोध अधिकारी, खडानन्द चौधरी र राजेश श्रेष्ठले संयुक्त राजीनामा दिएका हुन्। उनीहरूले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसमक्ष राजीनामा पत्र बुझाएका हुन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २०७४ भदौपछि तत्कालीन सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो।
Comments