Sajhamanch Archive

सैनिक हेलिकोप्टरमा आफ्नै मिसाइल लागेको भारतीय सेनाको स्वीकारोक्ति

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

भारतले गत फेब्रुअरीमा पाकिस्तानसँग काश्मीर विषयमा भएको द्वन्द्वका क्रममा आफ्नो वायु सेनाले हानेको मिसाइल लागि आफ्नै हेलिकोप्टर खस्दा छ जनाको मृत्यु भएको शुक्रबार पहिलोपटक पुष्टि गरेको छ।

‘गत फेब्रुअरीमा हाम्रो पक्षबाट छोडिएको मिसाइलले भुलवस आफ्नै हेलिकोप्टरलाई लाग्दा यसमा रहेका चालक दलका सदस्यसहित छ जनाको मृत्यु हुन पुगेको अनुसन्धानपछि पुष्टि भएको छ’, वायुसेना प्रमुख राकेस कुमार भदौरियाले स्वीकार गर्दै जानकारी दिएका छन्। ‘हामी विश्वस्त पार्न चाहन्छौँ कि यस्तो गल्ती भविष्यमा दोहोरिने छैन’, उनले सञ्चारकर्मीहरूलाई बताएका छन्।

काश्मीर क्षेत्रमा भारत र पाकिस्तानबीच भएको द्वन्द्वमा फेब्रअरी २७ मा भारतीय हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो। पाकिस्तानी क्षेत्रमा रहेको पाकिस्तानी लडाकू समूह जैस–ए–मोहमदको बालाकोटस्थित ‘शिविर’माथि हमला गरेको भनेर भारतले दाबी गरेको एक दिनपछि भारतीय हेलिकोप्टर पाकिस्तानी क्षेत्रमा खसेको थियो। उक्त घटना काश्मिरको पुलवामामा भारतीय अर्धसैन्य बलमाथि भएको आक्रमण र त्यसमा ४० भारतीय स्थल सेनाको मृत्यु पछि भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *