टिकट अनुसार बस नपाएपछि खुल्ला मञ्चमा तोडफोड र नाराबाजी
Published: (Updated: )
by .काठमाडौं । टिकटमा भने अनुसार बस नपाएको भन्दै यात्रुहरुले आज (शनिबार) विहान काठमाडौं खुलामञ्चमा तोडफोड गरेका छन् । आक्रोशित यात्रुहरुले खुलामञ्चमा राखिएको अस्थायी रेलिङ समेत भाँचि दिएका छन् ।
शनिबार बिहान यात्रुले नाराबाजी गर्दै आफूहरुलाई दुःख दिएको भन्दै तोडफोड गरेका हुन् । अहिले यात्रुलाई सम्झाएर अवस्था सामान्य बनाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
दशैं मनाउन २० लाख बढी मानिस काठमाडौबाट बाहिरिएका छन् । शनिबारदेखि सरकारी कार्यालय बिदा भएकाले धेरै जना शुक्रबार बेलुका र शनिबार बिहान घर गएका छन् ।
शनिबार तीन ३ लाखको हाराहारीमा यात्रु बाहिरिने सम्भावना रहेको यातायात व्यवसायीले बताएका छन् । गएको २४ घण्टामा दुई लाख ९६ हजार ६ सय ९२ जना काठमाडौबाट बाहिरिएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यात्रुका लागि बसको समस्या नहुने दाबी गरेको छ । शनिबार धेरै मानिस बाहिरिने भएकाले बस व्यवस्थापन गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी गराएका छन् । तर यात्रुले भने टिकट र सिट पाउन समस्या भएको गुनासो गर्दै आएका छन् ।
यसैबीच दशैंका लागि गृह जिल्ला जाने यात्रुको संख्या बढेसँगै काठमाडौंमा चहलपहल कम हुँदै गएको छ । काठमाडौं उपत्यकामा चल्ने गाडीको संख्या पनि कम भएको छ ।
Comments