Sajhamanch Archive

मेचीनगरमा निर्माण गर्न लागिएको आधुनिक बजारको सरकारी टोलीद्वारा सम्भाव्यता अध्ययन

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

मेचीनगर । झापाको मेचीनगरमा निर्माण गर्न लागिएको आधुनिक र सुविधा सम्पन्न बजारको शनिबार सरकारी टोलीले सम्भाव्यता अध्ययन गरेको छ ।

संघीय सरकारको कृषि मन्त्रालय अन्तर्गत पशुपक्षी विकास मन्त्रालय मातहतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्घन केन्द्र हरिहर भवन ललितपुरको टोलीले नगरको दुई ठाउँमा रहेको जग्गाको स्थलगत अवलोकनसहित जानकारी लिएको हो ।

वरिष्ठ कृषि अर्थविद बासुदेव शर्मा नेतृत्वको सरकारी प्रतिनिधि मण्डललाई मेचीनगर नगरपालिकाका निमित्त नगर प्रमुख मीना पोखरेल उप्रेतीले जग्गका बारेमा जानकारी गराउनुभएको थियो । नेदरल्याण्ड सरकारकोे अनुदान तथा केही सहुलियत दरमा प्राप्त हुने ऋण लागानीमा आधुनिक तथा व्यवस्थित बजार निर्माण हुने वरिष्ठ कृषि अर्थविद बासुदेव शर्माले जानकारी दिए ।

उनका अनुसार पूर्वाधार सम्भाव्यताका लागि नेदरल्याण्ड सरकारले केही रकम अनुदान दिने र डीपीआर तथा बजार निर्माणका लागि लाग्ने आर्थिक इष्टमेट पछि सहुलियत दरमा ऋण लगानी गर्ने छ । हाल सम्म इटहरी, दुहबी, हेटौडा, बीरगञ्ज, बुटवल, कपिलवस्तु, पोखरालगायतका स्थान यस्ता बजार निर्माणका लागि डीपीआर तयार भएको उनले बताए ।

सरकारी टोलीका अनुसार यस्ता बजार निर्माणका लागि जग्गाको क्षेत्रफल ठुलो हुनुपर्ने तथा विवादरहित हुनुपर्ने छ । यस्ता बजारमा तरकारीदेखि लत्ता कपडा, विद्युतलगायत सवै मालसामान एउटै ठाउँबाट उपलब्ध हुनुपर्दछ । काठमाण्डौस्थित कालमाटी तरकारी बजार जस्तै अन्य ठाउँमा पनि निर्माण गर्न लागिएको हो ।

सरकारी टोलीलाई मेचीनगर ९ स्थित गोसखानमा रहेको १ विगाह ५ कठ्ठा तथा १० नम्बर वडामा रहेको टिमाई खोला नजीकै पशुहाटको १ विगाह ४ कठ्ठा जग्गा को स्थालगत अवलोकन गराइएको नगरपालिकाका निमित्त नगर प्रमुख मीना पोखरेल उप्रेतीले बताउनुभयो । नगरपालिकाकातर्फबाट वडा नम्बर १० का वडाध्यक्ष सुदय पनेरु, कार्यपालिका सदस्य कृष्ण कनालले विविध विषयमा जानकारी गराउनु भएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *