खेवाङ गोलकपको उपाधि लालिगुराँसलाई
Published:
by .ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेवाङमा आयोजित खेवाङ गोलकपको उपाधि लालिगुराँस स्पोर्टिङ क्लब सुरुम्खीमले हात पारेको छ ।
बडादशैं तथा शुभ दीपावलीको अवसरमा आयोजित प्रतियोगितामा नालिफुङ्वा स्पोर्टिङ क्लब पेदाङलाई १–० गोल अन्तरले पराजित गर्दै लागिलुराँस स्पोर्टिङ क्लब सुरुम्खीमले उपाधि हात पारेको हो । लालिगुराँसको जीतका लागि अर्जुन लिम्बूले गरेको गोल नै पर्याप्त बन्यो ।
जितसँगै लालिगुराँसले नगद रु एक लाख १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता पेदाङले रु ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता टिमलाई १ नम्बर प्रदेशका प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङलगायतले पुरस्कार प्रदान गरेको प्रतियोगिताको आयोजक खेवाङ स्पोर्टिङ क्लबका अध्यक्ष विनम माबोले जानकारी दिए ।
ग्रामीण क्षेत्रलाई खेलकूदका गतिविधिमा अघि बढाउँदै खेलकूदकै माध्यमबाट आफ्नो क्षेत्रको पर्यटन प्रवर्धनमा सघाउने उद्देश्यसहित गत १५ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियो । खेवाङस्थित गणेश माविको खेल मैदानमा सञ्चालित प्रतियोगितामा झापा लगायतका गरी १६ टिम सहभागी थिए ।
Comments