Sajhamanch Archive

नेपाल आयरल्यान्डसँग पराजित

Published: in खेलकुद by .

काठमाडौं। नेपाली क्रिकेट टोली ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टि ट्वान्टी सिरिजमा  बुधबार भएकाे खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ । करण केसी बाहेक नेपालका मध्य र तल्लो क्रमका ब्याट्सम्यानले दोहोरो रन जोड्न नसक्दा आयरल्याण्डसँग १३ रनले पराजित भएको हो ।

१ सय ४६ रनका लक्ष्य पछ्याएको नेपाली टोलीले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो । शीर्ष चार ब्याट्सम्यान र करणले मात्र नेपालका लागि दोहोरो अंकमा रन जोडे ।
इशान पाण्डेले २२, कप्तान पारस खड्काले २५, आरिफ शेखले २६, उपकप्तान दीपेन्द्र सिंह ऐरीले १९ र करणले १६ रन बनाएका थिए ।

एक सय रन बनाउँदा मात्र तीन विकेट गुमाएको नेपालले एक सय १६ रन पुर्याउदा आठ विकेट गुमाएकाे थियो । पहिलो विकेटका लागि कप्तान पारस खड्का र इशान पाण्डे विच २५ रनको साझेदारी भएको थियो । तर कप्तान पारस २५ रनमा पेभेलियन फर्किए । उनले १४ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *