Sajhamanch Archive

जर्मनीको हेलमा गोली चल्यो, २ जनाको मृत्यु

Published: in विश्व समाचार by .

जर्मनीको हेल नगरमा बुधबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले गोली चलाउने व्यक्तिको खोजी कार्यलाई तिब्र बनाएको छ। प्रहरीले ट्वीट गर्दै गोली चलाउने व्यक्तिहरू कारमा चढेर फरार भएका र उनीहरूको खोजी कार्य तिब्र बनाइएको जनाएको छ। हेल नगरको रेलवे स्टेसन बन्द गरिएको छ भने मानिसलाई घरबाहिर ननिस्कन प्रहरीले अनुरोध गरेको छ।

उक्त घटनाको कुनै पनि व्यक्ति वा समूहले जिम्मेवारी लिएको छैन। बिल्ड दैनिक अखबारका अनुसार पालस जिल्लाको एक यहुदी प्रार्थनागृह अघिल्तिर उक्त गोलीकाण्ड भएको छ। यहुदीको समाधिस्थलतर्फ एउटा हाते ग्रिनेड पनि फालिएको अखबारले स्थानीयको भनाई उद्धृत गर्दै जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *