Sajhamanch Archive

सडक मर्मत नगर्दा मेयरलाई ट्रकमा बाँधेर सडकमै घिसारियो

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

काठमाडौं । मेक्सिकोमा एक मेयरलाई नगरबासीले ट्रकमा बाँधेर सडकमा घिसारेका छन् । सडक मर्मत नगरेको आरोप लगाएर चिमासका एक मेयरलाई सजायँ स्वरुप ट्रकमा बाँधेर सडकमा घिसारेका हुन् ।

मेयरको निर्वाचन हुनुभन्दा अघि नगरमा सडक मर्मत गर्ने बाचा गरेको तर जितेपछि त्यसप्रति कुनै वास्ता नगरेकाले स्थानीयले मेयरलाई त्यस्तो सजायँ दिएको समाचारमा जनाइएको छ ।

नाजुक अवस्थामा रहेको सडकमा घिसार्दा उनको शरीरमा गम्भीर चोटपटक लागेको जनाइएको छ । प्रहरीले केही स्थानीयलाई नियन्त्रणमा लिएपछि मेयरको ज्यान बचेको थियो । राजनीतिक पदमा बसेकाहरुले विकास निर्माणमा विषेश ध्यान नदिँदा यस्तो घटना हुन पुगेको त्यहाँका राजनीतिक विश्लेषकले बताएका छन् ।

मेक्सिकोमा लागुऔषध दुर्व्यसनमा लागेका व्यक्तिहरुले राजनीतिक नेतामाथि आक्रमण गर्ने गरेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *