Sajhamanch Archive

आफ्नै घरमा लडेर एक जनाको मृत्यु

Published: in विविधा by .

सुनसरी । सुनसरीको इटहरीमा आफ्नै घरमा लडेर एक जनाको मृत्यु भएको छ । उपमहानगरपालिका–९ मा आफ्नै घरमा लडेर गएराति एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुनेमा स्थानीय ५० वर्षीय कृष्णकुमार चौधरी रहेका छन् । केही समयदेखि चौधरी मानसिक रोगसम्बन्धी औषधि सेवन गर्दै आएका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *