आफ्नो जन्म दिन बृक्षारोपण गरेर मनाउन उपमेयर गौतमको आग्रह
Published:
by .इटहरी । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले जन्मदिनमा केक काटनु भन्दा वृक्षारोपण गर्न आग्रह गरेकी छिन् ।
उनले कोजाग्रत पूर्णिमाका दिन ाआफ्नो पचासौ जन्मदिनका अवसरमा कागतीका विरुवा रोप्दै जन्मदिनमा विरुवा रोप्न आग्रह गरेकी हुन् । इटहरी उपमहानगरले निर्माण गर्न लागेको सुरक्षित आवास, सेफ हाउस परिसरमा पचास वटा कागतिका विरुवा रोपिएको छ ।
कागती औषधि समेत भएकाले र पछि सेफहाउसको आम्दानी समेत हुने भएकाले कागती रोपिएको उपमेयर गौतमले बताइन् । वृक्षारोपण कार्यक्रमा इटहरी ३ का वडाध्यक्ष वालकृष्ण विष्ट ,वडा नम्वर १२ का वडाध्यक्ष हेमानन्द दाहाल,कार्यपालिका सदस्यहरु गंगा गुरुड र इन्दिरा राई,वरिष्ठ इन्जिनियर अर्जुन दाहाल,वातावरण शाखा प्रमुख पुष्प चौधरी,मेयर उपमेयर सचिवालय सदस्य महेश सुवेदी लगायत सहभागीता थियो ।
इटहरी उपमहानगरले नीति तथा कार्यक्रममै वृक्षारोपणलाई प्रोत्साहित गरेको छ । ज्येष्ठ सदस्यको जन्म दिन तथा नयाँ सदस्यको जन्मका अवसरमा वृक्षारोपण गर्न आग्रह गरिएको छ । यसैगगरी सडक निर्माण गर्दा छेउछेउमा र नयाँघरको सम्पन्न प्रमाण पत्र लिनुअघि विरुवा रोपेर आउनुपर्ने नियम छ ।
Comments