Sajhamanch Archive

कनकाईलाई समृद्ध बनाउन नगरप्रमुख पोखरेलले ल्याए रचनात्मक बजेट र कार्यक्रम

Published: in मुख्य समाचार, स्थानीय तह by .

सुरुङ्गा । कनकाई नगरपालिकामा आर्थिक वर्ष २०७५/०७६ का लागि ४९ करोड ७९ लाख २ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बिहीबार उक्त बजेट प्रस्तुत गरेका हुन् ।

सार्वजनिक गरिएको बजेटमा चालु खर्च ४ करोड २६ लाख ८६ हजार र पुँजीगततर्फ २४ करोड ८ लाख १६ हजार रुपैयाँ रहेको छ ।

जसमा सशर्त अनुदानतर्फ १३ करोड १५ लाख, प्रदेश तथा स्थानीय सरकार सहयोग तर्फ १९ लाख, सामाजिक सुरक्षा भत्तातर्फ ८ करोड १० लाख रुपैयाँ रहेको छ ।

नगरपालिकाले उक्त बजेटलाई आर्थिक विकासको क्षेत्रमा ९ प्रतिशत, सामाजिक विकासको क्षेत्रमा ११ दशमलव २ प्रतिशत, पूर्वाधार विकासको क्षेत्रमा ४८ प्रतिशत, वातावरण, पर्यटन तथा विपत व्यवस्थापनको क्षेत्रमा ११ दशमलव १ प्रतिशत, संस्थागत विकास तथा सेवा प्रवाहको क्षेत्रमा १ करोड ८० लाख र अन्य क्षेत्रमा १३ प्रतिशत विनियोजिन गरेको नगरप्रमुख पोखरेलले बताए ।

यसैगरी लक्षित वर्गतर्फ वडास्तरबाट ७४ लाख ३८ हजार रुपैयाँ र नगरस्तरबाट १ करोड २५ लाख ५२ हजार रुपैयाँ गरी २ करोड रुपैयाँ विनियोजन गरिएको प्रस्तुत बजेट वक्तव्यमा उल्लेख छ ।

नगरपालिकाकाले नगरीको पहिचानका लागि बन्द निषेधित स्तम्भ निर्माण गर्ने, एकघर दुई विरुवा एक शिशु एक विरुवा अनिवार्य रोप्नै पर्ने नियम बनाइने, खाली जमिनमा वृक्षारोपणका लागि प्रोत्साहित गरिने, विकास निर्माणका लागि असार कुर्ने चलनलाई हटाएर चैत्र मसान्तभित्रमा सबै काम सक्ने नियम बनाएर लागू गर्ने लगायातका नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

यसैगरी, पर्यटनको विकासका लागि होमस्टे सहितको पर्यटकीय क्षेत्र विकास गरिने, मानवीय स्वास्थ्यलाई ध्यानमा राखी आग्र्यानिक खेतीको सुरुवात र प्रोत्साहित गर्ने, गरिब सुकुम्बासीहरुका लागि अघिल्लो वर्षबाट कार्यान्वयनमा ल्याइएको मेयर आवास योजना र उपमेयर सुत्केरी पोषण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

शिक्षामा आमुल सुधार गर्दै नगरका हरेक सामुदायिक विद्यालयमा अंग्रेजी विषयको पठनपाठन अनिवार्य गरिने र नेपाली विषयलाई अझ राम्रो बनाइने लगायातका लक्ष्यहरु नीति तथा कार्यक्रममा समेटिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *