Sajhamanch Archive

दर्शक, विदेशी पत्रकार, प्रत्यक्ष प्रशारण र गाेल नभएकाे गाेप्य खेल

Published: in खेलकुद, विश्व समाचार by .

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोट अन्तर्गत मंगलबार २ देशबीच खेल भयो । तर यो खेल कुन समयमा भयो, कसरी भयो त्यो कसैलाई थाहा भएन, यो खेलको न त प्रत्यक्ष प्रशारण थियो, नत विदेशी पत्रकार नै उपस्थित थिए, अझ भनौँ मैदानमा एक जना पनि दर्शक उपस्थित थिएनन् ।

यो खेल हो दक्षिण कोरिया र उत्तर कोरीया बीच भएको छनोट खेल । उत्तर कोरियामा भएको यो खेलमा दक्षिण कोरीयाबाट खेलाडी र अफिसियल बाहेक अरु २ जना पदाधिकारीलाई मात्र पठाएको थियो । जसले खेलको अपडेट संघमा गरुन भनेर ।

निकै सुरक्षाकाबीच गोप्य किसिमले गरिएको यो खेलमा किम जोङको सरकारले दक्षिण कोरीयाका एक जना पनि समर्थकलाई हेर्नका लागि उत्तर कोरीयामा अनुमति दिएको थिएन । यतिमात्र होइन, फुटबल इतिहासमा पहिलो पटक खेलेका यी २ टिममा एकजना पनि विदेशी पत्रकारलाई अनुमति दिइएको थिएन ।

कुनै पनि टेलिभिजनमा प्रत्यक्ष प्रशारण नदिइएको यो खेलमा उत्तर कोरियाले दक्षिणलाई खेलपछि भिडियो टेप दिने सहमति भने दिएको थियो । तर त्यो पनि खेलाडी स्वदेश फर्किँदामात्र । त्यहीका आधारमा यो खेलका केही फोटोहरु सार्वजनिक भएका हुन् ।

अन्तिममा नतिजा पनि २ टिमले गोलरहित बराबरी खेलेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *