नेपाल जोर्डनसँग पराजित
Published:
by .काठमाडौं । सन् २०२२ कतारमा हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको चौंथो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।
मंगलबार राति भएको खेलमा नेपाल जोर्डनसँग ३–० ले पराजित भयो । घरेलु मैदानमा जोर्डनलाई जित दिलाउन फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले समान एक–एक गोल गरे।
जोर्डनलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा तीन गोल खाएको थियो । अम्मान अन्तराष्ट्रिय रंगशालामा खेलको ५६ औं मिनेटमा फेरासले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
यस्तै खेलको ८७ औं मिनेटमा अहमेदले चिप गोल गर्दै जोर्डनलाई २–० को अग्रता दिलाए। त्यसपछि खेलको ८८ औं मिनेटमा फैसलले हेड गोल गर्दै जोर्डनलाई ३–० को सहज जित दिलाए । नेपाललाई हराएसँगै छनोटको समूह बी को जोर्डनले ३ खेलमा ७ अंक जोडेको छ ।
जोर्डन समूहको दोस्रो स्थानमा छ । छनोटमा तेस्रो हार ब्यहोरेको नेपालले भने ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ । यस समूहमा ३ खेलमा अपराजित अष्ट्रेलिया ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
Comments