Sajhamanch Archive

महिला हक, अधिकारका दृष्टिले नेपाल दक्षिण एसियामै अगाडि : प्रचण्ड

Published: (Updated: ) in राजनीति by .

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले महिला हक, अधिकारका दृष्टिले नेपाल दक्षिण एसियामै अगाडि रहेको दावी गर्नु भएको छ ।

अध्यक्ष दाहालले संविधानमै राज्यका सबै निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउने व्यवस्था गर्नु नेपालको लागि गर्वको विषय भएको पनि स्पष्ट पार्नु भयो ।

उहाँले महिलाको हक, अधिकारलाई सुनिश्चित गराउने दिशामा कुनै प्रगति नै नभएको भन्ने भनाई सत्य नभएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।

योगमाया सामाजिक आन्दोलन अभियानले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले योगमाया जस्ता वीर वीरांगनाहरुको योगदानबाट पाठ सिकेर अघि बढदै जाने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले राणा कालको कठोर समयमा पनि समाज सुधारको क्षेत्रमा उल्लेखनीय योगदान दिनु भएकी योगमायालाई राष्ट्रिय विभूति बनाउन आफूले सक्दो पहल गर्ने घोषणा पनि गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले तत्काल योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारसँग माग गर्नुभयो । उहाँले योगमायाको योगदानको उच्च कदर गर्दै आफू नेतृत्वको सरकारले उहाँको योगदानलाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक बजेटको समेत व्यवस्था गरेको पनि स्मरण गराउनु भयो ।

कार्यक्रममा बोल्दै महिला नेतृहरु अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, डा. डिला संग्रौलाले नेपालको सामाजिक र राजनीतिक जागरणको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । कार्यक्रममा राणा कालमा समाज सुधारको क्षेत्रमा उल्लेखनीय योगदान दिनु भएको योगमाया न्यौपाने व्यक्तित्वका बारेमा पनि चर्चा गरिएको थियो ।

– उज्यालो खबर बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *