पृथ्वीनगरका युवाले बनाएको साइरन जडित ड्रोन हात्ती लखेट्न प्रयोग गरिने
Published:
by .भद्रपुर । जंगली हात्ती घरगाउँमा प्रवेश गरेर दुःख दिने क्रम बढेपछि हात्ती लखेट्न नयाँ प्रविधिको आविष्कार गरिएको छ ।
जङ्गली हात्तीले दुःख दिन थालेपछि भद्रपुरका युवा वैज्ञानिक अनिल प्रधानले हात्ती धपाउन प्रयोग गर्न सकिने ड्रोन साइरन बनाएका हुन् । भद्रपुर नगरपालिका १ पृथ्वीनगर घर भएका युवा वैज्ञानिक प्रधानले ड्रोन साइरन बनाएका हुन् । उनले भद्रपुर १ र २ नम्बर वडामा जङ्गली हात्ती निस्किएर दुःख दिन थालेपछि स्थानीयको पीडा कमगर्न नयाँ प्रविधि बनाएको जनाएका छन् ।
अनिलले बनाएको ड्रोन साइरनको बारेमा जानकारी पाइएपछि डिभिजन वन कार्यालयले हात्ती उपद्रो स्थलमा हात्ती लखेट्न परिक्षण प्रयोग गरेको जनाइएको छ । डिभिजन वन प्रमुख विष्णुलाल घिमिरेका अनुसार सो ड्रोन प्रयोग गर्न सम्वन्धित निकायबाट स्वीकृति लिने प्रकृयामा रहेको छ । प्रमुख घिमिरेका अनुसार हात्तीलाई नोक्सानी नपुर्याइ खेदाउन बनाइएको ड्रोन साइरन प्रभावकारी हुने देखिएको छ ।
Comments