Sajhamanch Archive

मजदुर बोकेको टिपर दुर्घटना : १५ जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

मुस्ताङ ।  मुस्ताङको स्याङ्बुचेमा सडक निर्माणको काम गरिरहेका मजदुर बोकेको बा २ख २२१९ नम्बरको टिपर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको  छ  ।

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३, मा कालीगण्डकी करिडोरअन्तर्गत भेनादेखि झैतेसम्म पर्ने स्याङबुचेमा खाना खाएर तामाखोलामा काम गर्न जाने बेलामा टिपर दुर्घटना भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताए  ।

दुर्घटनामा परि १५, १६ जना मजदुर घाइते भएकाे मुस्ताङका डीएसपी महेन्द्र खड्काले जानकारी दिए ।

अहिले केही घाइतेलाई जिल्ला अस्पताल जोमसोममा ल्याइँदै छ । त्यस्तै घाइतेहरुको उद्दारका लागि काठमाडौंबाट एयर डाइनेस्टी तथा पोखराबाट नेपाली सेनाको हेलिकप्टर मुस्ताङका लागि उडिसकेको प्रजिअ पौडेलले जानकारी दिए   ।

-उज्यालो खबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *