Sajhamanch Archive

अर्जुनधारा नगरपालिकाले महानन्द चोकमा तत्काल सडक बन्ने

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by .

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले शनिश्चरे बजार र महानन्द चोकमा तत्काल एक किलोमिटर सडक बनाउने भएको छ ।

डिभिजन सडक कार्यालयसँग शुक्रबार भएको छलफलमा महानन्द चोकमा एक किलोमिटर सडक निर्माणका लागि प्राप्त बजेटले शनिश्चरे चोकमा समेत सडक निर्माण गरिने भएको हो ।

‘महानन्द चोकमा ३ सय मिटर र बाँकी ७ सय मिटर शनिश्चरे चोकमा सडक बनाउनु अहिलेको प्राथमिकतामा परेको छ, नगरपालिकाका मेयर हरिकुमार रानाले भने–‘जनताले शास्ती पाएको स्थानलाई नगरले महत्व दिएर काम गर्छ ।’ उनले डिभिजन सडक कार्यालयसँग प्राथमिकताका आधारमा सडक निर्माण गर्ने सहमति भएको जानकारी दिएका छन् ।

डिभिजन सडक कार्यालय दमकका प्रमुख श्यामकुमार यादबले नगरपालिकाले ‘राइट अफ वे’ तयार गरेको अवस्थामा सडक निर्माणलाई प्राथमिकतामा राख्ने बताए । उनले ढल निर्माणका लागि नगरपालिकाले चासो देखाए सडक बनाउन कुनै अप्ठ्यारो नपर्ने बताए । मेयर रानाले तोकिएको मापदण्ड बमोजिमको जमिन खाली गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *