Sajhamanch Archive

राष्ट्र सेवक सहकारी संस्थाको साधारण सभा सम्पन्न

Published: in राष्ट्रिय समाचार, सहकारी by .

भद्रपुर । राष्ट्र सेवक सहकारी संस्था लिमिटेड भद्रपुर १० को २० औं वार्षिक साधरण सभा चन्द्रगढीमा सम्पन्न गरिएको छ ।

संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीको अध्यक्षता तथा निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकालको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।

कार्यक्रममा अध्यक्ष अधिकारीले वार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै ८ सय १ जना शेयर सदस्य तथा एक करोड ४९ लाख ९९ हजार ५ सय रूपैयाँको शेयर पूजी विवरण सहित वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनकी केन्द्रीय उपाध्यक्ष भुवन राई, संगठन झापाका अध्यक्ष केदार पोखरेल, आधिकारिक ट्रेड युनियन झापा अध्यक्ष लक्ष्मीप्रसाद गुरागाई, राष्ट्र सेवक बहुमुखी सहकारी मोरङका अध्यक्ष जीवन काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका सचिव शेषराज पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *