Sajhamanch Archive

शिवसताक्षीका गौरवका योजनाहरुको द्रुतगतिमा काम हुँदैः मेयर सेर्मा

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्माले नगर भित्रका गौरवका आयोजनाहरुको द्रुतगतिमा काम भईरहेको बताएका छन् ।

शिवसताक्षी नगरपालिका वडा नं ८ ले आयोजना गरेको २०७५ ÷०७६को वार्षिक समिक्षा कार्यक्रममा बोल्दै मेयर सेर्माले वडाहरुमा जाने बजेट माग अनुसार कम भएपनि नगर स्तरबाट पनि दिर्घकालिन योजनाहरुमा काम भईरहेको जानकारी दिए । उनले नगर भित्रका सबै वडाहरुका बाटाहरु सबै ग्राभेल भईसकेको अबका योजनाहरु कालो पत्रे तर्फ लाग्ने बताए ।

धार्मिक तथा पर्यटकीय क्षेत्रहरु सताक्षीधाम, दोमुखा चिल्लागढ क्षेत्रमा गुरु योजना अन्तर्गत काम भईरहेको समेत जानकरी दिए । उनले डुँडामारी सिमसार आयोजालाई जहाँ सुँगुरहरुको खोर फोहोर भएको भनेर टिप्पणी गरेको भन्दै यो नगरपालिकाको रहर नभई आवश्यक्ता रहेको बताए । नगर यस्ता ठाउँहरुलाई विकास गर्न नगरपालिका लागि परेको उनले जानकारी दिए ।

नगर प्रमुख शेर्माले नेपाल सरकारबाट गठित झापा जिल्लाको महारानीझोडा, लखनपुर, तोपगाछी, धरमपुर, सतासीधाम, र शिवगञ्ज क्षेत्रको जग्गा सम्बन्धी समितिले जग्गाको लगत संकलन गर्ने कार्य भइरहेको बताउँदै वास्तविक सुकुम्बासीले केही दिनमा जग्गाधनी प्रमाण पुर्जा पाउने दाबी गरे ।

यसैबीच कार्यक्रममा वडा नं. ८ ले वडाका ९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई दोसल्ला ओडाएर नगदसहित सम्मान गरेको छ । वडाका १४ जना बृद्ध बृद्धालाई सम्मान गरेको हो । त्यस्तै वडा नं. ८ का सितोरियो कराँतेका ४ जना खेलाडीहरुलाई सम्मान गरिएको थियो । गएको बैशाखमा भारतको दिल्लीमा आयोजित कराँते प्रतियोगितामा ६७ केजी सिनियर तर्फका विजेता शिवसताक्षी ८ का दुर्गा उप्रेती, ४० केजी तर्फ जुनियरका द्वितीय स्थान हासिल गर्ने सरोज कुँवर, विराटनगरमा आयोजित क्षेत्रीय स्तर कराँते प्रतियोगितामा तृतीय स्थान हासिल गर्ने राम देवान र भारतको सिल्गुढीमा आयोजित प्रतियोगितामा तृतीय स्थान हासिल गर्ने जेनिस योन्जन सम्मानित भएका हुन् ।

कार्यक्रमा वडा नं. ८ ले चालु आ.व.मा हाल सम्म वडाले गरेका गतिविधीहरु वडा सचिव पुष्प पाण्डेले प्रस्तुत गरेका थिए । कार्यक्रमा उपमेयर भोजकुमारी नेपाल, जग्गा धनिपुर्जा वितरणका संयोजक राधाकृष्ण खनाल, नेकपाका नगर अध्यक्ष महेन्द्र भट्टराई, नगर सचिव धनबहादुर थेवे, नेपाली कांग्रेसका नगर सभापति पर्शुराम ढुंगाना लगायत विभिन्न पार्टीका अध्यक्ष तथा संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *