Sajhamanch Archive

सवारी दुर्घटना रोक्ने नीति ल्याउन सभामुखद्वारा सरकारको ध्यानाकर्षण

Published: in राजनीति by .

काठमाडौं।  सभामुख कृष्णबहादुर महराले सवारी दुर्घटनामा सडक, चालक वा अरुलाई दोष दिएर पन्छिनेभन्दा यसलाई रोक्न नीतिगत र व्यवहारिक रूपमै विशेष कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गरेका छन्।

सभामुख महराले जोखिमपूर्ण निर्माणमा खटिने मजदुरको सुरक्षाका लागि प्राविधिक तथा नीतिगत कार्य गर्नुका साथै उनीहरूको जीवन बिमासमेत गर्नेतर्फ आवश्यक कदम चाल्न सरकारलाई विशेष आग्रह गरेका छन्।

शक्रबार ट्रिपर दुर्घटनामा परी मृत्यु भएका उपल्लो मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा कार्यरत मजदुरहरूलाई श्रद्धाञ्जली दिँदै उनले घटनाबाट मर्माहत भएको बताएका छन्।

‘घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारसँग अनुरोध गर्दछु’, उनले शनिबार जारी

गरेको शोक वक्तव्यमा भनिएको छ, ‘दुर्घटनामा निधन भएका मजदुरहरूको शव घरसम्म पुर्‍याउन र उचित क्षतिपूर्ति उपलब्ध गराई पीडित परिवारलाई राहत प्रदानमा कत्ति पनि ढिलाइ नगर्न सम्बन्धित सरोकारवाला पक्षसँग अनुरोध गर्दछु।

‘ उपल्लो मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा कार्यरत मजदुरहरू चढेको ट्रिपर दुर्घटनामा परी  शुक्रबार रोल्पाका नौ, दाङका ६ र स्याङ्जा, कैलाली, धादिङ, ओखलढुंगा र कपिलवस्तुका एक\एक जना गरी २० जनाको मृत्यु भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *