Sajhamanch Archive

मनकामनामा देउसीभैलो

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । नेपालीहरुको महान पर्व दिपावलिको अवसरमा बिर्तामोडस्थित मनकामना विद्यालयमा देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयमा रहेको उज्यालो मनकामना बालक्लब ,सगरमाथा टिन्स र कक्षा १० का विद्यार्थीको संयुक्तरूपमा कार्यक्रममा आयोजना गरिएको बालक्लबका अध्यक्ष दीक्षा गुरुङले बताइन् ।

विविध धर्म र सम्प्रदायका बालबालिका विद्यालयमा पढ्ने हुँदा परम्परागत रुपमा खेलिने देउसी र भैंलो खेलिएको र मौलिक संस्कृतिमा रमाउन पाएकोमा ज्यादै खुशी व्यक्त गर्छिन टिन्स क्लबका सचिव श्रेया ढुंगाना, सो देउसीभैंलो कार्यक्रममा कक्षा र्नसरीदेखि कक्षा दशसम्मका विद्यार्थाेहरुको सहभागिता रहेको थियो ।

मौलिक परम्परा पर्वहरुभित्र पर्ने हुँदा विद्यार्थाेहरुमा संस्कारको विकास गर्न साथै धार्मिक सहिष्णुता कायम गराउन देउसीभैंलो खेलिएको प्रिन्सिपल केशव ढुंगानाले बताए ।

आपसी भाईचारा र राष्ट्रिय पर्वको जगेर्ना गर्नु हाम्रो कर्तव्य पनि भएकाले अभिभावक सहित देउसी खेल्न पाउँदा खुशी मात्र होइन यसको महत्व बुझन पाएको विद्यालयका क्याप्टेन अनुशा नेङ्वाङ बताउँछिन् ।

यसरी आफना नानीहरुले खुलेर देउसीभैंलो गाएको र खेलेको देख्दा आनन्द अनुभूति भएको अभिभावक बन्दना अधिकारीले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *