Sajhamanch Archive

विश्वकप क्वार्टर फाइनलमा अाज अन्तिम दुई खेल

Published: in खेलकुद by .

काठमाडौं।   विश्वकप २०१८ अन्तर्गत शनिबार क्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन्। बेलुकी पौने ८ बजे इंग्ल्याण्डविरुद्ध स्वीडेन र राति पौने १२ बजे रुसविरुद्ध क्रोएसिया भिड्दैछन्।

फिफा विश्व वरियतामा १० औं स्थानमा रहेको स्पेनलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै रुसले क्वार्टरफाइनल यात्रा तय गरेको हो।

डेनमार्कलाई ३–२ ले हराउँदै क्रायसियाले आयोजक रुससँगको भेट पक्का गरेको हो। क्रोयसियाले सन् १९९८ पछि सेमिफाइनल यात्रा तय गर्न सकेको छैन।

क्रोयसियालाई पराजित गरे रुसले पहिलो पटक विश्वकपको सेमिफाइनल यात्रा तय गर्ने छ।आयोजक विरुद्धको खेलमा जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का गर्न क्रोयसियालाई सहज हुनेछैन। किनकी रुसले घरेलु मैदान र दर्शकको साथ पाउनेछ।

यी दुईबीचको खेल नेपाली समयानुसार राति पौने १२ बजे हुनेछ। स्वीडेन शीर्ष १६ को खेलमा स्वीट्जरल्याण्डलाई हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको हो भने इंग्ल्याण्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गरेको हो

। इंग्ल्याण्ड सन् १९६६ को विश्वकप विजेता हो। इंग्ल्याण्ड र स्वीडेन २३ पटक भिडेका छन्। दुवै टोलीले समान ७\७ खेल जितेका छन् भने ९ खेल बराबरीमा टुंगिएका छन्।

इंग्ल्याण्डसँगका पछिल्ला आठ खेलमा स्वीडेनले केवल एक खेलमा मात्रै पराजय व्यहोरेको छ। यी दुईबीचको खेल नेपाली समयानुसार पौने ८ बजे हुनेछ।

-एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *