Sajhamanch Archive

राष्ट्रिय गौरवका आयोजनाको प्रगति गौरवपूर्ण हुनुपर्दछः प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कार्य प्रगति पनि गौरव पूर्ण हुन पर्ने बताएका छन् ।

प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट मंगलबार विभिन्न राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सरकारले गरेका गौरवका योजनाहरु गौरव पूर्ण तरिकाले प्रगति हुनु पर्ने बताए ।

प्रधानमन्त्री ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सम्बन्धित परियोजना प्रमुखहरुबाट भिडियो कन्फरेन्स मार्फत कार्य प्रगतिको जानकारी लिएका हुन् । त्यसैगरी प्रधानमन्त्री ओलीले रानीजमरा कुलरीया सिंचाइ आयोजना, सिक्टा सिंचाइ आयोजना र हुलाकी लोकमार्ग आयोजनाको कार्य प्रगतिको जानकारी लिएका थिए ।

प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्री, सचिब र परियोजना प्रमुखहरुलाई समय मै काम सक्न निर्देशन दिए । “कामले गति त लिएको छ तर समय सिमा भित्र सक्नलाई अझै धेरै गति दिनु पर्दछ” प्रधानमन्त्री ओलीले भने “कामलाई गतिदिन एक मन्त्रालय र अर्को मन्त्रालय बीचको समन्वयको आवश्यकता देखिन्छ । त्यसमा विशेष ध्यान दिनुहोस ।”

प्रधानमन्त्री ओलीले सरोकारवालाहरुलाई परियोजना स्थलको नियमित स्थलगत अवलोकन गर्न, सुक्ष्म रुपले अध्ययन गर्न,त्यहाँका समस्या सुन्न, सुझावदिन र तत्काल समाधान गर्न पनि निर्देशन दिए । “परियोजनामा सहज रुपले काम अघि बढाउन कुनै संघीय कानुन, प्रादेशिक कानुन वा मन्त्रिपरिषदको निर्णयको कारणले विलम्ब भएको छ भने त्यसमा सजग हुनु पर्दछ” प्रधानमन्त्री ओलीले भने “हामी स्थलगत अनुगमनमा गएपछि परियोजनामा केही न केही सकारात्मक परिवर्तन हुनु पर्दछ । ”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *