Sajhamanch Archive

नवाज शरिफलाई १० वर्ष र मरियम नवाजलाई ७ वर्षको सजाय 

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

 पाकिस्तानको भ्रष्टाचार विरोधी अदालतले पूर्व प्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम नवाजलाई भ्रष्टाचारी ठहर गरेको छ । अदालतले नवाज शरिफलाई १० वर्ष र मरियम नवाजलाई ७ वर्षको जेल सजाय सुनाएको छ ।

यसअघि अदालतले ३ जुलाई २०१८ मा मुद्दाको सुनवाई पूरा गरेर फैसला सुरक्षित गरिसकेको थियो । इस्लामाबादको भ्रष्टाचार विरोधी अदालतका न्यायाधिश महमुद बशिरले साढे नौ महिनासम्म यो मुद्दाको सुनुवाई गरेका हुन् । मुद्दामा नवाज शरिफ, उनकी छोरी मरियम नवाज, हसन नवाज, हसिन नवाज र क्याप्प्टन शफदर अभियुक्त ठहर भएका छन् ।

अदालतले हसन नवाज र हुसेन नवाजलाई यसअघि नै फरार अपराधी घोषणा गरी सकेको थियो । नवाज शरिफले यो मुद्दामको फैसला सात दिनसम्म टाल्न याचिका दायर गरेका थिए । जसमा पत्नी बिरामी भएका कारण तत्काल स्वदेश फिर्ता हुन नसकिने उल्लेख थियो ।

-बीबीसी समाचारबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *