आउँदो दुई हप्तामा रणवीर र आलियाको बिहे ?
Published:
by .बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट केही दिनयता खुबै चर्चामा छन् ।उनीहरु चाँडै विवाह गर्ने तयारीमा रहेको खबर छ ।
तर, अहिलेसम्म यसको पुष्टि रणवीर र आलियाले गरेका छैनन् । केही दिन अगाडि दुईको विवाहको निमन्त्रणा कार्ड इन्टरनेटमा निकै भाइरल भएको थियो । तर, पछि त्यो नक्कली रहेको प्रमाणित भएको थियो ।
नक्कली विवाहको कार्डमा आलियाको नामदेखि पिता महेश भट्टको नामसम्म कयौं गल्ती गरिएको थियो । कार्डमा आलियाको नाम ALIYA लेखिएको थियो । तर, उनी स्वयं अंग्रेजीमा आफ्नो नाम ALIYA लेख्छिन् । एकाएक विवाहको कार्ड सामाजिक सञ्जालमा भाइरल भएपछि आलियालाई यस विषयमा सोधिएको थियो । तर, उनले कुनै जवाफ फर्काइनन् ।
भारतीय मिडियाका अनुसार, अर्को दुई हप्तामा रणवीर र आलियाले विवाह गर्दैछन् । र, यतिबेला उनीहरु फ्रान्समा छन् । हालै क्याटरिङ अरेन्जमेन्टका लागि शेफ रितु डालमियासँग सम्पर्क गरिएको थियो । यद्यपि, यसको अहिलेसम्म पुष्टि भएको छैन । रणवीर र आलिया लामो समयदेखि एकअर्काको प्रेममा छन् । दुईले फिल्म ब्रह्मास्त्रु मा सँगै काम गरेका छन् ।
Comments