Sajhamanch Archive

जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगितामा दमकका प्रकाश प्रथम बने

Published: (Updated: ) in खेलकुद by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा झापा जिल्ला स्तरीय खुल्ला बुद्धिचाल (चेस) प्रतियोगितामा दमकका प्रकाश नेपाल प्रथम बनेका छन् ।

उनले ६.५ अंक प्राप्त गर्दै प्रथम बनेका हुन् । त्यस्तै दमककै विजय मगर ६ अंक प्राप्त गरी द्वितीय र राजन सुवेदी ५.५ अंक प्राप्त गरी तृतीय बनेका हुन् ।

उनीहरुले क्रमशः १५ हजार, १० हजार र ८ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

शिवसताक्षी नगरमा खुलकुदको माध्यमबाट खेल विकास साथै नगरलाई परिचत गराउन नगरमै पहिलो पटक प्रतियोगिताको आयोनजा गरिएको थियो ।

प्रतियोगितामा झापा जिल्ला भरीका ५८ जनाले प्रतियोगितामा सहभागीता जनाएको खेल संयोजक भिम थाम्सुहाङ्गले जानकारी दिए ।

प्रतियोगिता कार्तिक ७, ८ र ९ गते दूधे स्थित जनजाति भवनमा सञ्चालन भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *