Sajhamanch Archive

तिहार प्रकृतिका पक्षहरूबीचको सन्तुलनकाे पर्वः ओली

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तिहारलाई प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व भएको बताएका छन् ।

तिहार अर्थात् दीपावलीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले तिहारमा मानवका अतिरिक्त विभिन्न जनावरको समेत पुजाआजा गरिने भएकोले यसलाई प्रकृतिका विभिन्न पक्षको सन्तुलन र आत्मसम्मान कायम गरेको उल्लेख गरेका छन् ।

‘तिहार प्रकृतिसँग मिलेको, पशुपंक्षीसँग मिलेको, कागको पूजा गरिने, कुकुरको पूजा, लक्ष्मीको पूजा, गोरुको पूजा अथवा यस्ता पूजा पनि गरिन्छन्’, प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ, ‘प्रकृतिका विभिन्न पक्षहरूबीचको सन्तुलन समेत यस पर्वमा प्रतिबिम्वित हुन्छ ।’

प्रधानमन्त्री ओलीले तिहारलाई विभिन्न कोणबाट हेर्न सकिने बताएका छन् ।

‘यो चाड उज्यालोको चाड यसलाई दिपावली पनि भनिन्छ । दीप अर्थात बत्तीहरू बालेर, उज्यालोको प्रतिक बत्ती बालेर चाड मनाउने गरिन्छ । यस चाडमा सयपत्री, मखमली र अरु विभिन्न फूलहरू सबैभन्दा धेरै प्रयोग हुने चाड हो’, उनले भने, ‘यसैगरी परिवारका सदस्यहरूकाे खासगरी दिदीभाइ–दाजुबहिनीहरूको मिलनको चाड पनि हो ।’

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘तिहारलाई उज्यालोको चाड, फूलको अथवा मिलनको चाडको रुपमा समेत लिन सकिन्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *