हाम्रा कुनै पनि साँस्कृतिक पर्वलाई जाति विषेशको धेरामा राखिनु हुँदैनः मन्त्री कार्की
Published: (Updated: )
by .कमल । १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की कुनै पनि पर्वलाई जाति विषेशको धेरामा राख्नु नहुने बताएका छन् ।
बुधवार विहान मन्त्री कार्की आफ्नो गृहनगर गौरादहमा आयोजना गरेको पत्रकार गर्दै नेपालमा मानिने साँस्कृतिक पर्वको संमिश्रण हुँदै गएको बताए । हिजो पूर्वका चेलीवेटीले मान्ने तीज आज पश्चिममा मनाउन थालिएको छ भने पश्चिममा मानिने देउडा पूर्वमा पनि मनाउन थालिएको छ । उनले भने, यसले हाम्रो जातिय एकता मजबुत हँुदै गएको छ ।
कुनै पनि पर्वलाई जाति विषेशको धेरामा राख्नु नहुँने बताउँदै मन्त्री कार्कीले जातिय एकता बलियो भयो भने मात्र विकास निर्माण अगाडी बढ्छ र राज्य आर्थिक सामाजिक दृष्टि कोणले पनि मजबुत बताए ।
नेपाल नयाँ युगमा प्रवेश गरिसकेको छ । शुखी नेपाली समृद्ध नेपालमा प्रवेश भै सकेको बताउँदै १ नम्बर प्रदेश हरेक दृष्टिकोणले अगाडि बढि सकेको मन्त्री कार्कीको भनाई थियो । हालसम्म ४२ वटा कानुनको निर्माण भै सकेको छ । हामीले बनाएका कानुन अन्य छ वटा प्रदेशको भन्दा उत्कृष्ट भएको मन्त्री कार्कीले जानकारी गराए ।
प्रदेशको राजधानी टुङ्गयाए पनि नामाकरणमा केही ढिलो भएको छ । प्रदेश नम्वर १ का सबै जनताको अपनत्व हुने गरी हिउँदे अधिवेशमा नामाकरणको टुङ्गो लगाउने मन्त्री कार्कीले बताए ।
सरकार गठनको २ वर्ष भएपनि काम सुरु गरेको २० महिना मात्रै हुँदैछ । यस अवधिमा जनताले अनुभूति गर्ने खालका केही काम गर्न सकिएको छैन । अव कानुन निर्माण भै सकेका छन् । अवका जनताले अनुभूति हुने खालका काम हुने छन् मन्त्री कार्कीले भने ।
Comments