Sajhamanch Archive

दिपावली पार्टीमा ऐश्वर्याकी म्यानेजरको लुगामा आगो लाग्यो, शाहरुखले बचाए

Published: in टिप्स/जानकारी by .

‘जलसा’ मा आयोजित दिपावली पार्टीमा ऐश्वर्या रायकी म्यानेजर अर्चना सदान्दको लेहेङ्गामा दियोबाट आगो सल्किँदा उनको हात र खुट्टामा गम्भीर चोट लागेको छ ।

उक्त घटना हुँदा शाहरुख खानले उनको लुगामा लागेको आगो निभाउँदै ज्यान बचाएका थिए । घटनामा शाहरुखलाई पनि सामान्य चोट लागेको छ ।

यसअघि टिभी अभिनेत्री निया शर्मा पनि यस्तै घटनाको शिकार बनेकी थिइन् ।

पार्टीमा अर्चना आफ्नो छोरीसहित पुगेकी थिइन् । रातिको करीब तीन बजे उनको लहेङ्गामा दियोको आगो सल्किएको थियो । त्यहाँ उपस्थित शाहरुखले हत्तपत्त आफ्नो ज्याकेट फुकालेर आगो निभाएका थिए ।

घटनामा अर्चनाको हात र खुट्टामा गम्भीर चोट लाग्यो भने शाहरुखलाई सामान्य चोट लाग्यो । डाक्टरका अनुसार अर्चनाको हात १५ प्रतिशत जलेको छ ।

महानायक अमिताभ बच्चनको घर जलसामा आयोजित उक्त पार्टीमा बलिउडका कयौँ हस्तीहरु उपस्थित थिए । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *