Sajhamanch Archive

दशै र तिहारमा सडक दुर्घटनामा झापामा नौ जनाको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

झापा । झापा जिल्लामा दशैं र तिहारको समयमा भएका सवारी दुर्घटनामा नौ जनाको ज्यान गएको छ ।

असोज १ गतेदेखि कार्तिक १४ गतेसम्ममा ४८ वटा दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । जसमा नौ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापा अनुसार ट्राफिक कारबाही र राजश्व संकलनबाट ५१ लाख ६८ हजार संकलन भएको छ । लत्ताकपडा तथा किराना, खाधन्न , पटाका आतिषबाजीमा गरेर १९ लाख ३० हजार संकलन भएको कार्यालयले जनाएको छ ।

त्यसैगरी कार्तिक १३ गते बिर्तामोड नगरपालिका वडा नं ५ बाट भारत सिलगुडी बस्ने ४३ वर्षका रघुबर साहलाई WB 74 AM 2724 नम्बरको भारतीय गाडी तथा चोरी भएका सुन, चाँदी, भारतीय तथा नेपाली नगदसहित पक्राउ गरिएको थियोे ।

साहले चोरी गरेको सुनचाँदी झापाको कमल गाउँपालिका वडा नं ६ घर भइ हाल बिर्तामोड नगरपालिका वडा नं ५ मा डेरा गरि बस्ने ललित सापकोटा, सोही वडा बस्ने गिता पौडेल र मधु गुप्ताको घरबाट चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।

चाडपर्वमा झापाका विभिन्न स्थानबाट भएका पशुचौपाया तस्करीमा संलग्न व्यक्ति र प्रयोग भएका सवारीसाधनलाई नियन्त्रण लिएर आवश्यक कारबाही समेत अघि बढाएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *