अन्नपूर्ण हाम्रो गोल्डकप आजदेखि सुरु हुँदै
Published:
by .बिर्तामोड। जायन स्पोर्ट्स क्लब झापाको आयोजनामा आजदेखि ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप’ प्रतियोगिता सुरु हुँदै छ ।
आज देखि झापाको डोमालाल राजवंशी रङ्गशालामा हुने प्रतियोगितामा नेपालका ए डिभिजन क्लबसहित १० वटा क्लबहरूले सहभागी हुने छन् ।
तियोगितामा आयोजक जायोन स्पोर्ट्स क्लबसहित दुई वटा भारतीय क्लब, र संकटा क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, झापा ११, नेपाल पुलिस क्लब र गोर्खा ब्वाइज रुपन्देही र चर्च ब्वाइज काठमाडौंले सहभागिता जनाउनेछन् । प्रतियोगिताको उदघाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गर्नेछन् ।
नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्का ‘ब्रान्ड एम्बेसेडर’ रहेको प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड र उदयीमान खेलाडीले जनही १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
गोल्डकपको उत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल प्राप्त गर्नेछन् । झापा ११ का अध्यक्ष जलकुमार गुरुङ र विर्तामोडका युवा व्यवसायी सजेश शिवाकोटीले उक्त मोटरसाइकल प्रायोजन गरेका हुन् ।
प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार रुपैयाँ पुरस्कार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष खवासले बताए । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जायोन स्पोर्ट्स क्लब झापा र भारतीय सिक्किम आक्रामक क्लब भिड्ने छन् । प्रतियोगिताको दोस्रो खेल कात्तिक १७ गते आइतबार झापा ११ र नेपाल पुलिस क्लबबीच हुनेछ ।
Comments