सिद्धिखोलामा निलकण्ठ
Published:
by .मेचीनगर । सिद्धिखोला सिंचाई जल उपभोक्ता संस्था मेचीनगरको चौथो साधारणसभाले निलकण्ठ तिवारीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
साविक बाहुनडाँगी गाउँ विकास समिति अन्तरगत बनेको मेचीनगर नगरपालिका वडा नम्वर १, २, ३ र ४ को १७ सय हेक्टर जमिनमा सिंचाईको व्यवस्थापन गर्ने गरी सञ्चालित सिंचाई जल उपभोक्ता संस्थाको सबै पदमा सर्वसम्मत नेतृत्व निर्वाचित गरिएको हो ।
समितिको उपाध्यक्षमा लीलाप्रसाद न्यौपाने, सचिवमा इन्द्रप्रसाद ढकाल, सहसचिवमा जीतबहादुर राई र कोषाध्यक्षमा पार्वता घिमिरे न्यौपाने निर्वाचित भएका छन् । यस्तै, सदस्यहरुमा रत्नबहादुर कार्की, शान्तिराम गुरागाईं, सूर्य राई, प्रेम शिवाकोटी, लालबहादुर सुब्वा, राम गौतम, प्रणा कार्की, लीलादेवी काफ्ले, निखिल पोखरेल, यामप्रसाद ढुङ्गेल र शान्तिदेवी अर्याल निर्वाचित भएका छन् ।
अध्यक्ष तिवारीका अनुसार २९ सदस्यीय समितिमा चौथो अधिवेशनले १६ जनालाई प्रत्यक्ष निर्वाचित गरेको छ भने १३ वटा शाखा समितिका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।
Comments