नगरले विषयगत समितिलाई वडामा विस्तार गर्ने
Published:
by .अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले गठन गरेको चार वटा बिषयगत बिभिन्न समितिलाई वडामा समेत बिस्तार गरिने भएको छ ।
नगरपालिकामा आइतबार भएको छलफलमा नगरद्वारा गठित खेलकुद, युवा, कला तथा साहित्य बिभागलाई वडामा लाने निर्णय गरेको हो ।
छलफलमा नगरप्रमुख हरिकुमार राना, उप–प्रमुख कमला खतिवडा आर्चाय, प्रशासकिय अधिकृत पंकज भुर्तेल तथा कला, खेलकुद, युवा, सञ्चारका संयोजक छलफलमा सहभागी भएका थिए ।
छलफलले नगरका युवाको क्षमता बृद्धि गर्न संघिय युवा परिषद मार्फत बिभिन्न कार्यक्रम गर्ने, खेलकुद विकास समितिसंग समन्वय र सहकार्य गर्ने, अग्रज कलाकर्मीलाई समेटेर बिभिन्न कार्यक्रम गर्ने निर्णय गरेको नगरपालिकाका सौजन कटुवालले जानकारी दिए ।
Comments