उपमहानगरपालिकाले ३० किमी सडक कालोपत्रे गर्ने
Published: (Updated: )
by .इटहरी । इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले इटहरीमा चालु आर्थिक बर्षमा ३० किलोमिटर सडक कालोपत्रे हुने बताएका छन् ।
उनले इटहरी १६ कान्छीचौक देखि वडहरा, डकाहा, पटेरुवा हँुदै जनसहयोग स्कुल जोड्ने वाटोको कालोपत्रे सडक निर्माण शिल्यान्यास समेत गरे । इटहरीको गौरवका योजनाका रुपमा संचालित वहुबर्षे योजना अन्र्तगत यहि आर्थिक बर्षमा कालोपत्रे भइसक्ने ११ सडक मध्ये यो एक हो ।
११ सडक निर्माण भइसक्दा करिव ३० किलोमिटर वाटो कालोपत्रे हुने छ । प्रमुख चौधरीले पाँच बर्षे कार्यकालमा ५० किलोमिटर बढी सडक कालोपत्रे गर्ने योजना रहेको जानकारी दिए । पाँच बर्षभित्रमा गाँउका मुख्य वाटोहरु कालोपत्रे भइसक्ने उनको भनाई थियो । कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा भइरहेको विकासमा नो कमिसन, नो करप्सनको नीति अवलम्वन गरिएको बताइन् ।
उनले गाँउका जनतालाई उपमहानगरवासी भएको अनुभूति दिलाउन गाँउ गाउँका सडक कालोपत्रे गर्ने वहुवर्षीय योजना संचालन गरिएको जानकारी दिइन् । उनले बहुवर्षे योजना अन्र्तगत ११ वटा ग्रामिण सडक कालोपत्रे भइसकेपछि नगरवस संचालन गरेर गाँउ गाउका वासिन्दामा यातायातको सहज पहुँच पुरयाउने बताइन् । आफूहरु जनप्रतिनिधि भएयता वनेका सडकहरु गुणस्तरीय वनेको उनको दावी छ ।
कार्यक्रमलाई इटहरी १९का वडाध्यक्ष श्री नारायण चौधरी,१८ का वडाध्यक्ष रामकुमार चौधरी र २०का वडाध्यक्ष मणीराज श्रेष्ठले सम्वोधन गर्दै तीन वटा वडा जोडने यो मुल वाटो कालोपत्रे भएपछि ग्रामिण जनताले विकासको अनुभूति गर्ने बताए । इटहरी उपमहानगरका इन्जिनियर जीवन घिमिरेले करिव साढे छ किलोमिटर सडक निर्माण २०७७ मंसीर २९ गतेभन्दा एक दिन पनि पछि नजाने वताउनुभयो । निर्माण कम्पनीका प्रतिनिधि सरोज वस्नेतले असार सम्ममै निर्माण सक्ने गरि काम हुने प्रतिवद्धता जनाए । इटहरीमा चालु आर्थिक बर्षमा यो समेत चार वटा वहुवर्षे सडक शिल्यान्यास गरिसकिएको छ । अरु सात सडक पनि चाडै शिल्यान्यास गरिदै छ ।
Comments